काठमाडौं । सिटिजन्स बैंकले आगामी माघ १५ गते विशेष साधारणसभा बोलाएको छ । बैंकले सो दिन बिहान ११ बजे काठमाडौंको दरवारमार्गस्थित नारायणहिटी पथमा रहेको बैंकको प्रधान कार्यालयमा आफ्नो छैटौं विशेष सभा बोलाएको हो ।
सभाले तिनाउ मिशन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्न सिटिजन्स बैंकलाई स्वीकृति दिने भएको छ । त्यस्तै, तिनाउ मिशन डेभलपमेन्ट बैंकको १०० कित्ता सेयरलाई सिटिजन्स बैंकको ९६ कित्ता सेयर दिने गरी सेयर मूल्य अनुपात (सेयर स्वाप रेसियो) कायम गर्ने सञ्चालक समितिको विशेष प्रस्ताव रहेको छ । बैंकको पुँजीगत संरचनामा परिवर्तन गरी हाल कायम अधिकृत पुँजी १० अर्बलाई बढाएर १५ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव रहेको छ ।
तिनाउ मिशनलाई प्राप्ति गरेपश्चात बैंकको जारी तथा चुक्ता पुँजी ९ अर्ब ८१ करोड रुपैयाँबाट बढेर ११ अर्ब ६६ करोड रुपैयाँ पुग्ने छ । त्यसैगरी, बैंकले विशेष साधारणसभामा जाने प्रयोजनको लागि माघ २ गते एक दिन बुक क्लोज गर्ने भएको छ । त्यसैगरी, माघ १ गतेसम्म कायम सेयरधनीहरु साधारण सभामा भाग लिन योग्य हुने छन् ।
सिटिजन्स बैंकद्वारा विशेष साधारणसभा बोलावट
आर्थीकसंसार संवाददाता२३ पौष, २०७७
२३ पौष, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने