News Portal

  • लक्ष्मी बैंकले गाउँपालिकालाई सहुलियतपूर्ण कर्जा दिने

    आर्थीकसंसार संवाददाता२२ पौष, २०७७
    ८९८ पटक
    २२ पौष, २०७७

    काठमाडौं । लक्ष्मी बैंकले सोलुखुम्बु जिल्लाको थुलुङ्ग दुधकोशी गाउँपालिकालाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । बैंक र गाउँपालिकबीच बुधबार सहुलियतपूर्ण कर्जासम्बन्धी सम्झौता सम्पन्न भएको हो ।
    एक कार्यक्रमबीच लक्ष्मी बैंकका रिटेल फाइनान्सियल सर्भिसका प्रमुख दिपेश अमात्य तथा थुलुङ्ग दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले उक्त सम्झौतामा हस्ताक्षर गरे । यस सम्झौताअन्तर्गत सो गाउँपालिकाको सहजीकरण एवं सिफारिसमा स्थानीय उद्यमी, सहकारीलगायत अन्य संघ संस्थाहरुले बैंकबाट सहुलियत दरमा कर्जा प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले स्वरोजगार तथा उद्यमशीलता विकास गरी आर्थिक रुपमा सबल गाउँपालिका निर्माण गर्न सहयोग पुग्ने अपेक्षा राखिएको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्