News Portal

  • प्रभु बैंकद्वारा जिल्ला अस्पताल ईलामलाई आर्थिक सहयोग प्रदान

    आर्थीकसंसार संवाददाता२१ पौष, २०७७
    १०६९ पटक
    २१ पौष, २०७७

    काठमाडौं । प्रभु बैंक लिमिटेडको ईलाम शाखा कार्यालयले आफ्ना संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला अस्पताल ईलामलाई सफा खानेपानी प्रयोगमा ल्याउने प्रयोजनका लागि एरो प्लाण्ट खरीद गरी जडान गर्नको लागि रु. ५,००,०००।– (पाँच लाख रुपैयाँ) आर्थिक सहयोग उपलब्ध गराएको छ ।
    बैंकले एक समारोहका बीच प्रभु बैंक लिमिटेड ईलाम शाखा कार्यालयका शाखा प्रबन्धक रोशन संग्रौलाले ईलाम जिल्ला अस्पताल ईलामका मे.सु.डा. प्रभु शाहलाई एक औपचारिक कार्यक्रममा आर्थिक सहयोग स्वरुप रु. ५,००,०००।– (पाँच लाख रुपैयाँ) को चेक हस्तान्तरण गर्नु भएको हो । उक्त कार्यक्रममा ईलाम नगरपालिका–८ का वडाध्यक्ष होमबहादुर बस्नेत, ईलाम नगरपालिका–७ का महिला सदस्य इन्दिरा राई, समाजसेवी हिमाल कर्मचार्य र समाजसेवी रतनकुमार चौधरीलगायत अस्पतालका कर्मचारी एवं सेवाग्राहीहरु समेतको उपस्थिति रहेको थियो ।
    प्रभु बैंकको आर्थिक सहयोगमा ईलाम जिल्ला अस्पतालमा जडान हुने एरो प्लाण्टबाट उक्त अस्पतलामा व्यवस्थित रुपमा सफा खानेपानी वितरण भई अस्पतालमा आउने विरामी तथा सेवाग्राहीहरुले सफा खानेपानी प्रयोग गर्न पाउने छन् भन्ने बैंकले विश्वास लिएको कुरा बैंकद्वारा जारी विज्ञप्तिमा जनाएको छ । साथै,प्रभु बैंकले समाज उपयोगी कार्यक्रमहरुलाई आगामी दिनहरुमा समेत निरन्तरता दिँदै जाने व्यहोरासमेत अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस्