News Portal

  • सिभिलको नयॉ एक्सटेन्सन काउन्टर करदाता सेवा कार्यालयमा सञ्चालन

    आर्थीकसंसार संवाददाता२१ पौष, २०७७
    ९५२ पटक
    २१ पौष, २०७७

    काठमाडौं । सिभिल बैंकले करदाता सेवा कार्यालय खैरहनी नगरपालिका, चितवनमा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । यससँगै खैरहनी नगरपालिकाको करदाता सेवा कार्यालयका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्फत सजिलैसँग भुक्तानी गर्न सक्ने बैंकले बताएको छ ।
    हालसम्म बैंकले ११४ शाखा तथा ५ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले ७० अर्व भन्दा बढी निक्षेप परिचालन गरी ६१ अर्व भन्दा बढी कर्जा लगानी गरेको छ ।

    प्रतिकृया दिनुहोस्