News Portal

  • मेगा बैंकको अभिभावक बचत खाता सञ्चालनमा

    आर्थीकसंसार संवाददाता२१ पौष, २०७७
    ९३७ पटक
    २१ पौष, २०७७

    काठमाडौं । मेगा बैंकले अभिभावक बचत खाता सञ्चालनमा ल्याएको छ । बचतसँगै छोराछोरीको भविष्य सुरक्षित र सुनिश्चित पार्ने उद्देश्यले यस खाता सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
    बैंकको यस खाता न्यूनतम पाँच सय रुपैयाँमा खोल्न सकिन्छ । वार्षिक ४ दशमलव ५० प्रतिशत व्याजदर पाइन्छ । यस खातावाला अभिभावकको ५ लाखसम्म दुर्घटना बीमाको पनि व्यवस्था रहेको छ ।
    त्यस्तै, बैंकले निःशुल्क चेकबुक तथा अनलाइन बैंकिङ्ग, निःशुल्क भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्गको पनि सुविधा दिएको छ । खाताबाट सिधै शैक्षिक शुल्क भुक्तानी गर्न सकिने र डिम्याट खाता तथा शेयर लगानीसम्बन्धी विभिन्न सुविधाहरु समेत रहेको बैंकले बताएको छ ।

    प्रतिकृया दिनुहोस्