News Portal

  • बीओकेका ग्राहकलाई साक्को रिसोर्टमा विशेष छुट

    आर्थीकसंसार संवाददाता२० पौष, २०७७
    ७९४ पटक
    २० पौष, २०७७

    काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले साक्को रिसोर्टमा छुट पाउने भएका छन् । बैंक र साक्को रिसोर्टबीच भएको सम्झौताअनुसार बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा बैंकको ग्राहकले रिसोर्टमा १० प्रतिशत छुट पाउनेछन् ।
    सो सम्झौतामा बैंकका साँखु शाखा कार्यालयका शाखा प्रबन्धक बैकुण्ठकुमार सैंजु र साक्को रिसोर्टका प्रमुख श्रीबन्तलाल श्रेष्ठले हस्ताक्षर गरेका थिए । साक्को रिसोर्टले काठमाडौं जिल्लाको साँखुबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आइरहेको छ । बैंक अफ काठमाण्डूले ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्