News Portal

  • सिटिजन्स बैंकको थप शाखारहित बैंकिङ्ग सेवा सुरु

    आर्थीकसंसार संवाददाता१७ पौष, २०७७
    ६०६ पटक
    १७ पौष, २०७७

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले काठमाडौं र इलाममा थप शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले काठमाडौं चोभारमा र इलामको चिसोपानी, पञ्चमीबजारमा यही पुस १५ गतेबाट १०५ र १०६ औं शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।
    बैंकले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त स्थानहरुमा सेवा सञ्चालनका लागि क्रमश स्थानीय व्यवसायी सुरेन्द्र केसी र राममाया सम्बाम्फेलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । यस शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

    प्रतिकृया दिनुहोस्