News Portal

  • एनसीसी बैंकको पुस २१ गते बुक क्लोज हुने

    आर्थीकसंसार संवाददाता१६ पौष, २०७७
    ७४६ पटक
    १६ पौष, २०७७

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंकको आगामी पुस २१ गते बुक क्लोज हुने भएको छ । बैंकको वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज हुन लागेको हो ।
    बैंकको आगामी अर्थात २३औं वार्षिक साधारणसभा माघ ९ गते बस्दै छ । सभा सो दिन बिहान १० बजे काठमाडौंको बागबजारस्थित बैंकको केन्द्रीय कार्यालयमा बस्ने भएको छ । सभाले सेयरधनीलाई १०.८१ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ । बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १०.२६९५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५४०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । त्यस्तै, सभाले बैंकको अधिकृत पुँजी साढे १० अर्ब रुपैयाँ पुर्याउने र सेयर पुँजी तथा चुक्ता पुँजी वृद्धि गरी १० अर्ब ३१ करोड पुग्ने भएकोले सोही बमोजिम संशोधन गर्ने छ । साथै, सभाले कुनै बैंक तथा वित्तीय संस्था मर्ज तथा प्राप्ति गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ ।

    प्रतिकृया दिनुहोस्