News Portal

  • सिद्धार्थ बैंकको रिभर्स फयाक्टरिङ्ग सेवा सञ्चालन

    आर्थीकसंसार संवाददाता१६ पौष, २०७७
    ६१० पटक
    १६ पौष, २०७७

    काठमाडौं । सिद्धार्थ बैंकले बैंकको ग्राहकहरुलाई लक्षित गरी रिभर्स फयाक्टरिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
    उक्त सेवाअन्तर्गत बैंकले कर्जा सुविधा उपभोग गरिरहेका ग्राहकहरुलाई व्यवसायिक प्रयोजनका लागि वस्तु खरिद गर्दा विभिन्न निर्माता तथा वितरकहरुबाट जारी गरिएको आवधिक इनभ्वाइसलाई निश्चित शुल्क लिई डिस्काउन्ट गरी इनभ्वाइस वापतको रकम तत्काल बिक्री वितरकलाई उपलब्ध गराउने छ ।
    सोबाट खरिदकर्ता ग्राहकले बिक्री वितरकवाट विशेष सहुलियत र छुटमा वस्तु खरिद गर्न सहयोग पुर्याउने बैंकले जनाएको छ । यो सुविधा बैंकले एफवान सफ्ट इन्टरनेशनलद्वारा यूकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामसँगको सहकार्यमा विकसित ‘क्विकभुक्तानी’ नामक प्लाटफर्मबाट कार्यान्वयन गर्नेछ ।

    प्रतिकृया दिनुहोस्