काठमाडौं । कोरोना महामारीका कारण ऋणीहरुले साँवा ब्याज भुक्तानी नगर्दा कामना सेवा विकास बैंकको नाफा प्रभावित भएकोछ । बैंकले गत आवमा खुद सञ्चालन आम्दानी ९३ करोड ३७ लाख तीन हजार ३२० रुपैयाँ आर्जन गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकले चौथो त्रैमासमा मात्रै ३१ करोड रुपैयाँसहित ४३ करोड ४७ लाख रुपैयाँ प्रोभिजन गर्दा मुनाफा पाँच करोड ४८ लाख ३८ हजार ३४८ रुपैयाँमा सीमित भएको छ ।
बैंकले यस वर्ष दुई करोड ३५ लाख दुई हजार १४९ रुपैयाँ कर तिरेको छ । अघिल्लो वर्ष १५ करोड भन्दा बढी कर भुक्तानी गरेको थियो । मुनाफा घट्दा कर समेत घटेको छ । बैंकको खराव कर्जा केही बढेको देखिएको छ । ०.९ रहेको खराव कर्जा यस वर्ष बढेर २.१३ पुगेको छ । खराव कर्जा बढ्नुमा कोरोना मुख्य कारणको रुपमा लिन सकिन्छ ।
त्यस्तै बैंकले कष्ट अफ फण्ड ७.६१ प्रतिशत रहेको छ भने सिडी रेसियो ७४.६ प्रतिशत छ । बैंकको ब्याजदरको बेस रेट १०.५५ छ भने स्प्रेडदर ४.९१ छ । समीक्षा अवधीमा बैंकले निक्षेप ३१ अर्ब ९० करोड २० लाख ९३ हजार १ रुपैयाँ जम्मा गरेको छ ।
अघिल्लो वर्ष जम्मा २१ अर्ब रहेको निक्षेप यस वर्ष ३३ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । त्यस्तै, बैंकले २५ अर्ब भन्दा बढी कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष बैंकको कर्जा १८ अर्ब मात्रै थियो । बैंकको करिब ७६ करोड रुपैयाँ कर्मचारी तथा अन्य सञ्चालन खर्च बापत खर्च गरेको छ ।
कामना सेवा बैंकको कोभिड–१९ को कारण मुनाफा खुम्चियो
आर्थीकसंसार संवाददाता३० साउन, २०७७
३० साउन, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान