News Portal

  • सूर्या लाइफको बीमा शुल्क आर्जनमा १४ प्रतिशतले बृद्धि

    आर्थीकसंसार संवाददाता३० साउन, २०७७
    ६७६ पटक
    ३० साउन, २०७७

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले चौथो त्रैमासको अवधिमा बीम शुल्क बढाएको छ । कम्पनीले चौथो त्रैमासको अवधिसम्ममा २ अर्ब ८४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत वर्षको सोही अवधिमा २ अर्ब ४८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा १४ दशमलव ३३ प्रतिशतले बढेको छ । त्यस्तै, चौथो त्रैमासको अवधिमा कम्पनीको खुद नाफा २० करोड ८६ लाख रुपैंयाबाट बढेर २६ करोड २७ लाख रुपैंयामा कायम भएको छ । समीक्षा अवधिमा कम्पनीकोे खुद नाफा बढेको देखिएको हो । जीवन बीमा कम्पनीको बिमाङ्कीय मूल्यांकनपछि नाफा थपघट हुन सक्नेछ ।
    समीक्षा अवधिमा कम्पनीले ४ हजार २५४ वटा दाबी वापत ४९ करोड ५४ लाख रुपैंया भुक्तानी गरेको छ भने ५ लाख २ हजार रुपैंया बराबरको बीमा दाबी भुक्तानी गर्न बाँकी छ ।
    कम्पनीको चुक्ता पुँजीमा २ अर्ब १५ करोडरुपैंया रहेको भने जगेडा कोषमा ६६ करोड ८७ लाख रुपैंया संचित रहेको छ । त्यस्तै, जीवन बीमा कोष ७ अर्ब ४२ करोड रुपैंया छ । कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ १९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय २८ रुपैयाँ ४ पैसा रहेको छ ।

    प्रतिकृया दिनुहोस्