काठमाडौं । सन् नेपाल लाईफ इन्स्योरेन्सले जीवन बीमा कोषमा एक अर्ब २५ करोड ३२ लाख रुपैयाँ जम्मा गरेकोे छ । वर्षदिनमा कम्पनीले जीवन बीमा कोषमा दोब्बर भन्दा बढी रकम जम्मा गर्न सफल भएको हो । अघिल्लो आर्थिक वर्षमा ६० करोड ३९ लाख रुपैयाँ जम्मा गरेको कम्पनीले यस वर्ष दोब्बर गर्न सफल भएको हो । त्यस्तै कम्पनीको जीवन बीमा शुल्क आर्जन समेत उल्लेख्य बृद्धि भएको छ । अघिल्लो वर्ष खुद बीमा शुल्क ७८ करोड ९९ लाख रुपैयाँ आर्जन गरेको कम्पनीले यस वर्ष एक अर्ब ७ करोड ३९ लाख ३७ हजार रुपैयाँ आर्जन गर्न सफल भएको सो कम्पनीले आज प्रकाशन गरेको वित्तीय विवरणमा उल्लेख छ ।
त्यस्तै कम्पनीले कूल बीमा शुल्क आर्जन दुई अर्ब २२ करोड ९६ लाख ७१ हजार रहेको छ । अघिल्लो वर्ष कम्पनीको कूल बीमा शुल्क आर्जन एक अर्ब १२ करोड ४५ लाख तीन हजार रुपैयाँ थियो ।
कम्पनीले समीक्षा अवधिमा ११ करोड ४२ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्ष कम्पनीले १० करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा हेरफेर हुनसक्नेछ । कम्पनीको व्यवस्थापन खर्च केही बढेको छ । अघिल्लो वर्ष २३ करोड ८५ लाख व्यवस्थापन गरेको कम्पनीले यस वर्ष ३० करोड ८९ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको छ । बीमा कम्पनीमा ४३ हजार २५६ वटा बीमा पोलिसी कायम छ । अघिल्लो वर्षको तुलनामा करिब पाँच हजार आठ सयले बढी हो ।
कम्पनीले गत आर्थिक वर्षमा ७२ लाख ३१ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष ३४ लाख छ हजार रुपैयाँ थियो । कम्पनीको बाँकी दावी भुक्तानी दुई लाख ९९ हजार रुपैयाँ छ । अघिल्लो वर्ष २२ लाख भन्दा बढी थियो ।
सन लाईफको जीवन बीमा शुल्क आर्जन उल्लेख्य बृद्धि
आर्थीकसंसार संवाददाता३० साउन, २०७७
३० साउन, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने