News Portal

  • लक्ष्मी बैंकको पौष २८ गते वार्षिक साधारणसभा हुने

    आर्थीकसंसार संवाददाता७ पौष, २०७७
    १४६२ पटक
    ७ पौष, २०७७

    काठमाडौं । लक्ष्मी बैंकले आगामी पुस २८ गते वार्षिक साधारणसभा डाकेको छ । बैंकले प्रस्तावित लाभांश पारित गर्न पुस २८ गते आफ्नो २०औं वार्षिक साधारणसभा बोलाएको हो ।
    सभाले प्रस्तावित ११.५ प्रतिशत लाभांशलाई पारित गर्दै छ । बैंक सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई ९ प्रतिशत बोनस र २.५ प्रतिशत नगद लाभांश गरी ११.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । सो प्रयोजनको लागि बैंकको पुस १७ गते बुक क्लोज हुने भएको छ । यससँगै पुस १६ गतेसम्म बैंकको सेयर किन्ने तथा होल्ड गर्ने लगानीकर्ताले बैंकको लाभांश पाउने छन् । हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड रूपैयाँ रहेको छ । ९ प्रतिशत बोनसपछि बैंकको चुक्ता पुँजी १० अर्ब ६९ करोड रूपैयाँ पुग्ने छ ।

    प्रतिकृया दिनुहोस्