News Portal

  • प्राइम लाइफ इन्स्योरेन्स र एनसीएचएलबीच सम्झौता

    आर्थीकसंसार संवाददाता६ पुस, २०७७
    १३६८ पटक
    ६ पुस, २०७७

    काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)सँग आवद्ध भएको छ । इन्स्योरेन्सको भुक्तानीसम्बन्धी कारोबारहरुलाई एनसीएचएलको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्थाबीच सम्झौता भएको हो ।
    सम्झौतापत्रमा प्राइम लाइफ इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
    प्राइम लाइफ इन्स्योरेन्सले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल आईपीएस र कनेक्ट आईपीएस ई पेमेन्ट प्रणालीसँग जोडिएपछि इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेन्डर भुक्तानीलगायत लगानी ट्रान्सफरसम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ ।
    साथै, प्राइम लाइफ इन्स्योरेन्सका बीमितहरुले आफ्नो (प्रिमियम) बीमा शुल्क पनि अनलाइनमार्फत कनेक्ट आईपीएस ई पेमेन्टबाट वा ५ हजारभन्दा बढी बैंक शाखाहरुबाट सजिलै तिर्न सक्नेछन् । यी सबै कारोबारहरु सोझै इन्स्योरेन्स कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन् ।

    प्रतिकृया दिनुहोस्