News Portal

  • युनाइटेड इन्स्योरेन्स र नेपाल चिकित्सक संघबीच सम्झौता

    आर्थीकसंसार संवाददाता६ पुस, २०७७
    १५८८ पटक
    ६ पुस, २०७७

    काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी र नेपाल चिकित्सक संघबीच निर्जीवन बीमा सेवा आदानप्रदानसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा कम्पनीको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल तथा नेपाल चिकित्सक संघका तर्फबाट अध्यक्ष डा. लोचन कार्कीले हस्ताक्षर गरे ।
    सम्झौतापश्चात चिकित्सक संघमा आबद्ध सदस्यहरुको कम्पनीले प्रदान गर्ने विविध बीमा सेवामा सरल पहुँच हुने तथा दाबी भुक्तानी प्रक्रियामा थप सहजता हुने कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्