News Portal

  • एनएमबि बैंकको लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता६ पुस, २०७७
    १४६७ पटक
    ६ पुस, २०७७

    काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंक आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट सेयरधनीलाई १६.२० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
    पुस ५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट चुक्ता पुँजीको १३ प्रतिशत बोनस र ३.२० प्रतिशत नगद (कर सहित) गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो लाभांश पाउने छन् । हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । १३ प्रतिशत बोनस पछि बैंकको चुक्ता पुँजी १६ अर्ब ३२ करोड रुपैयाँ नाघ्ने छ । सो प्रस्तावित लाभांश अघिल्लो आवको तुलनामा कम हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५÷७६ को नाफाबाट सेयरधनीलाई ३५ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनसदर २१ प्रतिशत र नगद लाभांश १४ प्रतिशत रहेको थियो ।

    प्रतिकृया दिनुहोस्