News Portal

  • प्राइम बैंकद्वारा लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता६ पुस, २०७७
    १४०९ पटक
    ६ पुस, २०७७

    काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । पुस ५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।
    सो प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो लाभांश पाउने छन् ।
    हाल बैंकको चुक्ता पुँजी १३ अर्ब ९८ करोड रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनसपछि बैंकको चुक्ता पुँजी १६ अर्ब रुपैयाँ नाघ्ने छ । सो प्रस्तावित लाभांश अघिल्लो आवको तुलनामा कम हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिएको थियो ।

    प्रतिकृया दिनुहोस्