News Portal

  • हिमालयन बैंकको पुस २७ गते वार्षिक साधारणसभा हुने

    आर्थीकसंसार संवाददाता५ पुस, २०७७
    १४४६ पटक
    ५ पुस, २०७७

    काठमाडौं । हिमालयन बैंकले आगामी पुस २७ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंक सञ्चालक समितिकाके बैठकले कम्पनीको २८औं वार्षिक साधारणसभा पुस २७ गते सोमबार डाकेको हो ।
    सो सभाले सञ्चालक समितिको २० प्रतिशत लाभांश प्रस्तावलाई पारित गर्दै छ । बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १४ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश गरी २० प्रतिशत प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसलाई उक्त सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।
    सभामा जाने प्रयोजनको लागि बैंकको आगामी पुस १४ गतेदेखि पुस २७ गतेसम्म बुक क्लोज हुने छ । हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ३७ करोड रुपैयाँ रहेको छ ।

    प्रतिकृया दिनुहोस्