News Portal

  • सिभिलको एक्सटेन्सन काउन्टर करदाता सेवा कार्यालयमा

    आर्थीकसंसार संवाददाता५ पौष, २०७७
    १६२२ पटक
    ५ पौष, २०७७

    काठमाडौं । सिभिल बैंकले चितवनको करदाता सेवा कार्यालय खैरहनी नगरपालिकामा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । यससँगै अब खैरहनी नगरपालिकाको करदाता सेवा कार्यालयका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्फत सजिलैसँग भुक्तनी गर्न सक्नेछन् ।
    बैंकले हाल करिब पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ५ एक्सटेन्सन काउन्टर (यस एक्सटेन्सन काउन्टर सहित)मार्फत सेवा प्रदान गरिरहेको छ । बैंकले करिब ७० अर्ब रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी ६१ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस्