काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । विकास बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ४.६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
गत पुस ३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ४.४० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२३ प्रतिशत नगद गरी ४.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने छन् ।
हाल बैंकको चुक्ता पुँजी २ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । ४.४० प्रतिशत बोनसपछि बैंकको चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँ नाघ्ने छ ।
अघिल्लो वर्ष नगद लाभांश मात्रै वितरण गरेको विकास बैंकले अहिले बोनस सेयरको प्रस्ताव गरेको छ । बैंकले अघिल्लो आवको नाफाबाट सेयरधनीलाई ६.८ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको थियो ।
कामना सेवा बैंकको लाभांश घोषणा
आर्थीकसंसार संवाददाता५ पौष, २०७७
५ पौष, २०७७- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल बैंकको नगद लाभांश घोषणा
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न