News Portal

  • नेपाल बङ्गलादेश बैंकको साधारण सभा पुस २६ गते हुने

    आर्थीकसंसार संवाददाता५ पौष, २०७७
    १५८० पटक
    ५ पौष, २०७७

    काठमाडौं । नेपाल बङ्गलादेश बैंकको २६औं वार्षिक साधारणसभा पुस २६ गते हुने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले पुस २६ गते आइतबार विहान ११ः३० बजे साधारणसभा गर्ने निर्णय गरेको हो ।
    बैंकले कोरोना महामारीलाई ख्याल गर्दै जुम र फेसबुक लाइभमार्फत सभा आयोजना गर्ने जनाएको छ । सभाले असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजीको २ दशमलव ४२ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनश शेयर दिने प्रस्ताव स्वीकृत गर्ने छ । त्यस्तै, बैंकले साधारणसभा प्रयोजनका लागि पुस १० गते एक दिन शेयर दाखिल खारेज (बुक क्लोज) गर्ने निर्णय गरेको छ ।

    प्रतिकृया दिनुहोस्