News Portal

  • बादल र भट्टले प्रचण्डको साथ छोडे, ओलीकै पक्षमा उभिए

    आर्थिकसंसार संवाददाता५ पौष, २०७७
    १५५२ पटक
    ५ पौष, २०७७

    काठमाडौं । सात जना मन्त्रीले सामूहिक राजीनामा दिए पनि बादल र भट्टले केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्बाट राजीनामा दिएका छैनन् । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भने केपी शर्मा ओलीलाई साथ दिएका छन् । यी दुवै मन्त्री पूर्वमाओवादीतर्फबाट मन्त्री बनेका हुन् । यी दुवै मन्त्रीहरुले प्रचण्ड+माधव गुटलाई त्यागेका छन् ।
    प्रचण्ड र माधव नेपाल निकट नेताहरू कृषिमन्त्री घनश्याम भुसाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, खानेपानी मन्त्री बिना मगर र श्रममन्त्री रामेश्वर राय यादवले राजीनामा दिएको घोषणा गरी नेकपाका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ दिएर स्पष्ट कित्ताकाँट गरेका छन् ।

    प्रतिकृया दिनुहोस्