News Portal

  • सात मन्त्रीले एकैसाथ दिए राजीनामा

    आर्थिकसंसार संवाददाता५ पौष, २०७७
    १५१७ पटक
    ५ पौष, २०७७

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको प्रस्ताव राष्ट्रपतिसमक्ष पेश गरेपछि सो प्रस्ताव बमोजिम राष्ट्रपतिले संसद् विघटन भएपश्चात त्यसको विरोध गर्दै सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । संसद् विघटनप्रति असहमति जनाउँदै सात जना मन्त्रीले सामुहिक राजीनामा दिएका हुन् । राजीनामा दिने मन्त्रीहरुमा शिक्षामन्त्री गिरीराजमणि पोखरेल, ऊर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, वनमन्त्री शक्ति बस्नेत, श्रममन्त्री रामेश्वर राय यादव, खानेपानीमन्त्री बिना मगर रहेका छन् । राजीनामा दिनेहरुमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल नजिकका मन्त्रीहरुले राजीनामा दिएका छन् ।
    सो राजीनामा दिन आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका वर्षमान पुनले आवेगमा राजीनामा नदिएको बताए । गल्ती गर्यौं भनेर सोच्न र त्यसलाई सच्याउन प्रधानमन्त्रीलाई दबाव होस् भनेर सामूहिक राजीनामा दिएको पुनले बताए । त्यस्तै पत्रकार सम्मेलनमा अर्का कृषिमन्त्री भुसालले भने, नेपालका राजनीतिक स्थिरताका साथ विकास गर्ने असाधारण सम्भावना गत निर्वाचनपछि खुलेको हो । त्यसमाथि गम्भीर धक्का लागेको छ । एक हिसाबले यो दुर्घटना हो ।’ राजीनामा दिने मन्त्रीहरुले मुलुकको राजनीति र पार्टीमाथि आईलागेको अमूल्य संकट भन्दै राजनीतिक उपलव्धि र पार्टी एकता बचाउन भूमिका खेल्ने प्रतिवद्धता पनि जनाएका छन् ।

    No description available.

    प्रतिकृया दिनुहोस्