काठमाडौं । आइएमई पेले विदेशमा कोरोना भाइरसको संक्रमणमा परेर मृत्यु भएका परिवारलाई ३९ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । आइएमई पेले शुक्रबार एक कार्यक्रमको आयोजना गरी कोरोना भाइरसको कारण मृत्यु भएका परिवारलाई जनही ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
कोरोना भाइरसको कारण विदेशमा मृत्यु भएका श्रमिकहरुका आफन्तहरुलाई सहयोग गर्ने उद्देश्यले आइएमई भरोशा कोषको रकम हस्तान्तरण गरेको बताएको हो ।
आइएमईपेले ७९ जना पीडित परिवारलाई जनही ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पीडितहरुलाई चेक हस्तान्तरण गरेका हुन् । ढकालले चेक हस्तान्तरण कार्यक्रममा बोल्दै पीडित परिवारको घाउमा मल्हम लगाउने उद्देश्यले सानै भए पनि सो रकम सहयोग गरेको बताए । ‘म आफै पनि कोरोना संक्रमित भएँ, कोरोना भाइरस संक्रमित र संक्रमितका परिवारलाई हुने पीडा मैले आफैले महसुस गरेको छु, हामीले हाम्रो संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो रकम सहयोग गरेका छौं, यसले थोरै भए पनि पीडितको घाउमा मल्हम लाग्छ,’ ढकाले भने । यस्तै, कार्यक्रममा आइएमई पेका प्रबन्ध निर्देशक हेमराज ढकालले निजी क्षेत्रबाट स्थापित यस कोषले प्रभावित परिवारलाई केही न केही सहयोग पुग्ने उल्लेख गर्दै देश र आफ्नो समाज छाडेर परिवारको लालनपालनका लागि विदेशमा गएका श्रमिकको निधन हुनु धेरै दुःखद भएको भन्दै पीडित परिवारहरुलाई सहयोग गरेको बताए । ‘हामी सबैले एकअर्कालाई सहयोग गर्ने बानी बसालौं, यो एउटा हाम्रो सुरुवाती मात्र हो, भोलि हामी जस्तै धेरै संस्थाहरुले पनि यस्तो अभ्यास गरुन् भन्ने हाम्रो सोच हो,’ उनले बताए । यस्तै, आइएमई पेका प्रमुख कार्यकारी अधिकृत पोखरेलले पनि भरोशा कोष स्थापनाको उद्देश्यमाथि प्रकाश पारे । उनले संस्थाको उद्देश्य नाफा हेर्ने मात्र नभई संस्थागत सामाजिक उत्तरदायित्व पनि भएकाले तयसको उद्देश्य र पीडित परिवारहरुको घाउमा मल्हम लगाउने प्रयास आफुहरुले गरेको बताए । कार्यक्रममा आईएमईपेका ब्राण्ड एम्बास्डर दिपकराज गिरी र दिपाश्री निरौला पनि उपस्थित थिए ।
कोरोनाको कारण विदेशमा ज्यान गुमाएका परिवारलाई आइएमई पेको आर्थिक सहयोग
आर्थीकसंसार संवाददाता३ पुस, २०७७
३ पुस, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान