News Portal

  • बीओकेका ग्राहकले नेशनल प्याथ ल्याबमा १५ प्रतिशत छुट पाउने

    आर्थीकसंसार संवाददाता१ पुस, २०७७
    २४३८ पटक
    १ पुस, २०७७

    काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रालिमा १५ प्रतिशत छुट पाउने भएका छन् । बैंक र नेशनल प्याथ ल्याबबीच बैंकका ग्राहकलाई नेशनल प्याथ ल्याबमा बैंकको डेबिट तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा १५ प्रतिशतको छुट उपलब्ध गराउने सम्झौता भएको हो ।
    उक्त सम्झौतामा बैंकका बुटवल शाखा कार्यालयका शाखा प्रबन्धक रत्नबहादुर खड्का र नेशनल प्याथ ल्याब, रुपन्देहीका निर्देशक पवन जोशीले हस्ताक्षर गरेका हुन् ।
    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ‘क’ क्षेणीको मान्यता प्राप्त प्रयोगशाला नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रालिले बुटवल, भैरहवा, गुल्मी, अर्घाखाँची, तुलसीपुर, घोराही तथा धनगढीलगायतको क्षेत्रहरुमा सेवा प्रदान गर्दै आईरहेको छ ।
    बैंकले हाल ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्