News Portal

  • रिलायन्स लाइफले नेपाल स्टारको विजेतालाई एक करोडको बीमा योजना प्रदान

    आर्थीकसंसार संवाददाता१ पुस, २०७७
    १७०९ पटक
    १ पुस, २०७७

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले नेपाल स्टारको विजेतालाई एक करोड रुपैयाँ बराबरको जीवन शान्ति बीमा योजना प्रदान गर्ने भएको छ । यसको अतिरिक्त कम्पनीले दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने प्रतिस्पर्धीलाई ५० लाख रुपैयाँ बराबरको जीवन शान्ति बीमा योजना प्रदान गर्ने भएको छ ।
    सोसम्बन्धी सम्झौतापत्रमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र कि एडभरटाजिङ सर्भिस प्रालिका प्रबन्ध निर्देशक रबिन्द्रकुमार रिजालले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका थिए ।
    सम्झौता कार्यक्रममा कार्यक्रमका नेपाल स्टारका निर्णायक मण्डलका सदस्य वरिष्ठ संगीतकार आलोक श्री र रामकृष्ण ढकाललगायत कम्पनीका वरिष्ठ पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्