News Portal

  • महालक्ष्मी बैंकले आफ्ना ऋणीहरुलाई व्याजदरमा सहुलियत दिने

    आर्थीकसंसार संवाददाता१ पुस, २०७७
    १५७१ पटक
    १ पुस, २०७७

    काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना ऋणीहरुलाई व्याजदरमा सहुलियत दिएको छ । कोभिड–१९ का कारण आफ्ना ग्राहकहरुको पेशा, ब्यबसाय तथा उद्योगहरुमा पर्न गएको असरलाई मध्यनजर गर्दै बैंकले ऋणीहरुलाई राहत प्रदान गर्ने उद्देश्यले उक्त सहुलियत दिएको हो ।
    बैंकले नेपाल राष्ट्र बैंकबाट जारी भएको पुनर्कर्जा कार्यविधिअन्तर्गत आवश्यक प्रबन्ध गरी लघु घरेलु तथा साना उद्यम संचालन गरिरहेका १२५० भन्दा बढी ऋणीहरुको ७२ करोड भन्दा बढी कर्जाको ब्याज दर घटाई ५ प्रतिशत कायम गरी सहुलियत प्रदान गरेको छ । यसरी पुनर्कर्जा सुविधाका लागि कोभिड–१९ को असर परेका उद्यमीहरुका साथै सामाजिक आर्थिक दृष्टिकोणले पिछडिएका विपन्न वर्र्ग, कृषक तथा महिलाहरुलाई प्राथमिकता दिएको बैंकले जनाएको छ ।
    देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी बैंकको ग्राहक संख्या ५ लाख भन्दा बढी रहेको छ ।

    प्रतिकृया दिनुहोस्