News Portal

  • राष्ट्रिय वाणिज्य बैंकले व्यवसायीलाई सहुलियत कर्जा दिने

    आर्थीकसंसार संवाददाता१ पुस, २०७७
    २१०८ पटक
    १ पुस, २०७७

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र महालक्ष्मी नगरपालिका (ललितपुर जिल्ला) बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बुधबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र महालक्ष्मी नगरपालिकाका नगर प्रमुख रामेश्वर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
    सम्झौतापछि नगरपालिकाले नगर क्षेत्रभित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलतासम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जाअन्तर्गत कर्जा लगानी गर्ने छ ।
    समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सहुलियतपूर्ण कर्जा तिर्नुनपर्ने भन्ने भ्रम रहेकाले कार्यान्वयनमा चुनौति थपिएको बताए । नगर प्रमुख रामेश्वर श्रेष्ठले यो कर्जाले युवाशक्तिलाई उत्पादनसँग जोडी बेरोजगारी न्यूनिकरण हुने बताए । उक्त कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनालले राज्यले अवलम्बन गरेको नीतिलाई सहयोग पुग्ने गरी बैंकले प्राथमिकताका साथ सहुलियतपूर्ण कर्जा प्रवाह गरिरहेको बताए ।
    सो अवसरमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, बागमती प्रादेशिक कार्यालयकी प्रबन्धक सोनी श्रेष्ठ, नगरपालिकाकी उपप्रमुख निर्मला थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम थापा, वडा अध्यक्षहरु, सदस्यहरु, स्थानीय वासिन्दा बेदबहादुर लावती, लुभु शाखाकी प्रबन्धक भावना फुँयाल, कर्मचारीहरुलगायतको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्