News Portal

  • सिटिजन्स बैंकका ग्राहकलाई करियर स्टेसनमा छुट

    आर्थीकसंसार संवाददाता१ पुस, २०७७
    १६५९ पटक
    १ पुस, २०७७

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले नयाँ बानेश्वको करियर स्टेसनमा विशेष छुट पाउने भएका छन् । सोसम्बन्धी दुई कम्पनीबीच समझदारीपत्रमा हस्ताक्षर पनि भएको छ ।
    यो सम्झौतासँगै बैंकका ग्राहकले आयल्स कुम्याट टोफेल स्याट पीटीई सीम्याट जीम्याट जीआरईका तयारी कक्षामा विशेष छुट पाउने भएका छन् । यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्ड वाहक ग्राहक तथा ग्राहकको परिवारका सदस्यहरुले करियर स्टेसनमा सेवा लिँदा विशेष छुट पाउँनेछन् ।
    सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा एटीएम र १०४ वटा शाखारहित बैंकिङ्ग इकाइहरुबाट करिब साढे ७ लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्