News Portal

  • बेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा भण्डारी नियुक्त

    आर्थीकसंसार संवाददाता१ पुस, २०७७
    १६२१ पटक
    १ पुस, २०७७

    काठमाडौं । बेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उमेशसिंह भण्डारी नियुक्त भएका छन् । मंसिर २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले भण्डारीलाई सीईओ पदमा नियुक्त गरेको हो ।
    यससँगै नवनियुक्त सीईओ भण्डारीले एक कार्यकालसम्म कम्पनीको सीइओ पदको कार्यभार सम्हाल्ने छन् । यसअघि कुमारी बैंकको डीजीएम पदमा कार्यरत रहेका भण्डारीले बैंकिङ क्षेत्रको राम्रो अनुभव बटुलिसकेका छन् ।

    प्रतिकृया दिनुहोस्