News Portal

  • सनराइज बैंक र सिद्धार्थ गुप्र अफ हस्पिटालिटीबीच सम्झौता

    आर्थीकसंसार संवाददाता३० मंसिर, २०७७
    १६०४ पटक
    ३० मंसिर, २०७७

    काठमाडौं । सनराइज बैंकका ग्राहकले सिद्धार्थ गुप्र अफ हस्पिट्यालिटीमा विशेष छुट पाउनेसम्बन्धी सम्झौता भएको छ । बैंकले ग्राहकलाई होटल क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले सिद्धार्थ गुप्र अफ हस्पिट्यालिटीसंग सम्झौता गरेको हो ।
    सनराइज बैंक तथा सिद्धार्थ गुप्र अफ हस्पिट्यालिटी बीच बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकहरुले सिद्धार्थ गुप्रका होटलहरुमा खान, बस्न तथा बेबरेजजस्ता सुविधाको भुक्तानी गर्दा सनराइज बैंकको क्रेडिट तथा डेबिट कार्ड देखाएर वा कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशतको छुट लिन सक्नेछन् ।
    सो सम्झौतापश्चात सिद्धार्थ गु्रपअन्तर्गत रहेका काठमाडौं उपत्यका तथा उपत्यका बाहिर महेन्द्रनगर, कैलाली, बुटबल, सुर्खेत, बिर्तामोडलगायतका अन्य जिल्लाहरुमा अवस्थित होटल, रिसोर्ट, रेष्टुरेन्ट तथा क्याफेहरुमा पनि ग्राहकहरुले छुटको लाभ लिन सक्नेछन् ।
    बैंकले ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ अभियानअनुरुप आफ्ना ग्राहकहरुलाई नबिनतम सेवा प्रदान गर्दै आएको र ग्राहकहरुको अपेक्षाअनुरुप सेवा सुविधाहरु थप गर्दै जाने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्