News Portal

  • लक्ष्मी बैंकले सेयरधनीलाई ११.५ प्रतिशत लाभांश घोषणा

    आर्थिकसंसार संवाददाता३० मंसिर, २०७७
    १३४७ पटक
    ३० मंसिर, २०७७

    काठमाडौं । लक्ष्मी बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट सेयरधनीलाई ११.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
    गत मंसिर २९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई ९ प्रतिशत बोनस र २.५ प्रतिशत नगद (कर सहित) गरी ११.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउनेछन् ।
    प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो । बैंकले आर्थिक वर्ष २०७५÷७६ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

    प्रतिकृया दिनुहोस्