News Portal

  • कृषि विकास बैंकको लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता२९ मंसिर, २०७७
    १५५० पटक
    २९ मंसिर, २०७७

    काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १५.७८९५ प्रतिशत लाभांश घोषणा गरेको हो ।
    मंसिर २९ गते बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो । बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर ०.७८९५ प्रतिशत नगद गरी कुल १५.७८९५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
    साथै, समितिको बैठकले नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
    बैंक सञ्चालक समितको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।
    सो प्रस्तावित लाभांश अघिल्लो आवको तुलनामा कम हो । बैंकले अघिल्लो आव २०७५/७६ को नाफाबाट सेयरधनीलाई ३० प्रतिशत लाभांश (६ प्रतिशत बोनस र २४ प्रतिशत नगद) वितरण गरेको थियो । तर बोनसदर भने बढी हो । यससँगै बैंकले नगदलाई भन्दा बोनस सेयरलाई बढी जोड दिएको देखिन्छ ।

    प्रतिकृया दिनुहोस्