News Portal

  • ग्लोबल आइएमई बैंक र आइडिया नेपालबीच सम्झौता

    आर्थीकसंसार संवाददाता२६ मंसिर, २०७७
    १८४७ पटक
    २६ मंसिर, २०७७

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र आइडिया नेपालबीच सहकार्यसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
    सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका बजार व्यवस्थापन तथा प्रवद्र्धन विभाग प्रमुख शान्ता शिवाकोटी र आइडिया नेपालको तर्फबाट अध्यक्ष विन्द्रा कक्षपती प्रधानले हस्ताक्षर गरेकी हुन् ।
    सम्झौतापश्चात् बैंकले आइडिया नेपालको अफिसिएल बैंकिङ्ग पार्टनरको रुपमा काम गर्नेछ र आइडिया नेपालका सम्पूर्ण सदस्यहरुलाई आवश्यक बैंकिङ्ग सेवामा विशेष सहुलियत प्रदान गर्नेछ । आइडिया नेपाल इन्टेरिएर डिजाइनरहरुको छाता संगठन हो । यो संस्था आफ्ना सदस्यहरुको वृत्ति विकासका साथै पेशागत हकहितका लागि कार्यरत रहेको छ ।

    प्रतिकृया दिनुहोस्