News Portal

  • सनराइज बैंकका ग्राहक तथा कर्मचारीले क्यास व्याक पाउने

    आर्थीकसंसार संवाददाता२५ मंसिर, २०७७
    १७०९ पटक
    २५ मंसिर, २०७७

    काठमाडौं । सनराइज बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले सस्तो डिल डटकमबाट सामान खरिद गर्दा क्यास व्याक पाउने भएका छन् ।
    ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ अभियानलाई आत्मासाथ गर्दै बैंकले sastodeal.com को ९औं वर्षको उपलक्ष्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी सामान खरिदको भुक्तानी गदा क्यास व्याक दिने योजना ल्याएको हो । यस योजनाअन्तर्गत सनराइज बैंकका ग्राहकले बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा तोकिएको अवधिमा ग्राहकहरुले गर्ने प्रथम भुक्तानी रकमको २५ प्रतिशत वा अधिकतम ने.रु. २,५०० सम्म रकम बैंकले क्यास व्याक प्रदान गर्नेछ । यो योजना २६ मंसिरदेखि ३० मंसिर २०७७ सम्म रहने र क्यास व्याक रकम योजना समाप्तिपश्चात प्रदान गरिने बैंकले जनाएको छ ।
    कोभिड–१९ को वर्तमान परिप्रेक्ष्यमा बैंकले ल्याएको यस योजनाले नगद कारोबारको सट्टामा डिजिटल कारोबारलाई प्रोत्साहित गर्दै नगदमार्फत हुनसक्ने सम्भावित संक्रमणको जोखिमलाई समेत न्यूनिकरण गर्ने बैंकको विश्वास छ ।

    प्रतिकृया दिनुहोस्