News Portal

  • समाज लघुवित्तले आइपीओ निष्काशन गर्ने

    आर्थीकसंसार संवाददाता२८ साउन, २०७७
    ४७१ पटक
    २८ साउन, २०७७

    काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले भदौ चार गतेबाट आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ८६ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो ।
    लघुवित्तले प्रति कित्ता एक सय रुपैयाँ अंकित मूल्यका ८६ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । जसमध्ये संस्थाका कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याएर सर्वसाधारणका लागि ८० हजार ७ सय कित्ता शेयर बिक्रीमा आउने छ ।
    इच्छुक लगानीकर्ताले यसमा भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयसम्मा आइपीओ बिक्री नभएको खण्डमा भदौ १८ गतेसम्म उक्त आइपीओमा आवेदन दिन सकिनेछन् ।
    यस आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ । कम्पनीको बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ ।

    प्रतिकृया दिनुहोस्