News Portal

  • रिलायन्स लाइफले सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्ने

    आर्थिकसंसार संवाददाता२८ साउन, २०७७
    ६३३ पटक
    २८ साउन, २०७७

    काठमाडांै । नयाँ जीवन बीमा कम्पनीमध्येको रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ ४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । आवेदन दिने अन्तिम समय भाद्र ८ गतेसम्म रहेको छ । सो समयमा पनि सम्पूर्ण निष्काशन गरिएको कित्तामा आवेदन नपरेमा समय भाद्र २२ गतेसम्म थपिने छ । विगतको ट्रेण्ड हेर्दा भाद्र ८ गते नै बन्द हुने सम्भावना धेरै छ ।
    एक सय रुपैयाँ अंकित मूल्यमा ६३ लाख कित्ता साधारण शेयर निष्काशन गरेकोमा सर्वसाधारणले ५६ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । ६३ लाख कित्तामध्ये ५ प्रतिशत बराबरको ३ लाख १५ हजार कित्ता म्युचुअल फण्डका लागि र अर्काे ५ प्रतिशत बराबरको ३ लाख १५ हजार कित्ता शेयर इन्स्योरेन्स कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ ।
    न्युनतम दश कित्तामा आवेदन दिन सकिने छ । मेरो शेयर र सि–आस्बा अनुमति पाएका बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिने छ ।

    प्रतिकृया दिनुहोस्