News Portal

  • ज्योति बैंकद्वारा स्क्यान एन्ड विथ्ड्र सेवाको सुरु

    आर्थीकसंसार संवाददाता१६ मंसिर, २०७७
    १२०० पटक
    १६ मंसिर, २०७७

    काठमाडौं । ज्योति विकास बैंकले ‘स्क्यान एन्ड विथ्ड्रल सेवा सञ्चालनमा ल्याएको छ । सो सेवाअन्तर्गत ग्राहकहरुले आफ्नो मोबाइल फोनमा भएको ज्योती स्मार्ट एपमार्फत बैंकको काउन्टरमा रहेको क्यु आर कोड स्क्यान गरी आफ्नो खाताबाट सजिलै रकम झिक्न सक्नेछन् ।
    स्क्यान एन्ड विथ्ड्रमार्फत काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी चेकको प्रयोग बिना नै खाताबाट रकम झिक्न सकिने छ । बैंकले यो सेवा देशभरिका १०५ वटै शाखा कार्यालयबाट एकैपटक सुरुवात गरेको छ । सो सेवा सञ्चालनपश्चात ग्राहकहरुले अब बैंक गएर पैसा झिक्न चेक अथवा एटिएम कार्ड बोकिरहनुपर्ने छैन ।

    प्रतिकृया दिनुहोस्