News Portal

  • हकप्रद सेयर निष्कासनका लागि हिमालय ऊर्जाद्वारा बुक क्लोजको मिति तय

    आर्थीकसंसार संवाददाता११ असार, २०८१
    २६ पटक
    ११ असार, २०८१

    काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति तोकेको छ ।

    कम्पनीले हकप्रद सेयर बिक्रीका लागि असार २० गतेलाई बुक क्लोज मिति तोकेको हो । यसका आधारमा असार १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले मात्रै कम्पनीको हकप्रद सेयरका लागि आवेदन दिन पाउनेछन् ।

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ९९ लाख कित्ता हकप्रद सेयर शतप्रतिशत अर्थात् १ः१ को अनुपातमा निष्कासन तथा बिक्री खुला गर्न लागेको हो ।

    कम्पनीको हकप्रद निष्कासनका बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

    हाल कम्पनीको चुक्ता पूँजी ९९ करोड रुपैयाँ रहेको छ ।

    प्रतिकृया दिनुहोस्