News Portal

  • प्रभु बैंकद्वारा आफ्ना ग्राहकहरुको लागि ई–केवाईसी सेवा सञ्चालन

    आर्थीकसंसार संवाददाता९ मंसिर, २०७७
    १३२४ पटक
    ९ मंसिर, २०७७

    काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकमहानुभावहरुको सुविधालाई मध्यनजर गर्दै e-KYC सेवा सञ्चालनमा ल्याएको छ ।
    प्रभु बैंक लिमिटेडमा खाता खोली कारोबार गर्नुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले बैंकको वेबसाइट www.prabhubank.com  मा Login गरी अनलाइनमार्फत KYC अद्यावधिक गर्ने व्यवस्था मिलाईएको छ, जसबाट सो प्रयोजनका लागि अब बैंकसम्म पुगिरहनु पर्ने बाध्यता पूर्णरुपमा हटेको छ ।
    प्रभु बैंक लिमिटेडले सञ्चालनमा ल्याएको उक्त सेवा सुरक्षित एवं प्रभावकारी रहेको तथा KYC सम्बन्धी सम्पूर्ण विवरणहरु यथासमयमै अद्यावधिक गरी खाता नियमित सञ्चालन गर्न सहज हुनेछ र यसबाट ग्राहक महानुभावहरुले आफ्ना समय बचत तथा सदुपयोग गरी अत्याधिक लाभ उठाउनु हुनेछ भन्ने बैंकले पूर्ण विश्वास लिएको कुरा प्रेस विज्ञप्तिमा जनाएको छ ।

    प्रतिकृया दिनुहोस्