News Portal

  • रिलायबल इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

    आर्थिकसंसार संवाददाता९ मंसिर, २०७७
    १४१० पटक
    ९ मंसिर, २०७७

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका वीमित इस्तखर मिया थकुराइनको परिवारलाई बीमा दाबी वापतको ४० लाख रुपैयाँ रकम हस्तान्तरण गरेको हो ।
    कम्पनीले मंसिर ८ गते एक कार्यक्रमका बीच जीवन बीमा गरेको उक्त मृतक वीमितको परिवारलाई सो बराबरको दावी भुक्तानी गरेको हो । सोही कार्यक्रममा कम्पनीका ताहाचालका कलस्टर प्रमुख नविन श्रेष्ठले वीमितहरुलाई समयमा नै दाबी भुक्तानी गर्नु कम्पनीको दायित्व भएको हुँदा दाबी भुक्तानी यथाशीघ्र गर्ने कम्पनीको नीतिअनुरुप दाबी भुक्तानी प्रदान गरेको बताएका छन् ।

    प्रतिकृया दिनुहोस्