News Portal

  • प्राइम लाइफ इन्स्योरेन्सको नाफामा बृद्धि

    आर्थीकसंसार संवाददाता९ मंसिर, २०७७
    १२४५ पटक
    ९ मंसिर, २०७७

    काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ४०.७२ प्रतिशत अर्थात ३१ करोड १७ लाख रुपैयाँले बढी हो । गत वर्षको असोज मसान्तसम्ममा इन्स्योरेन्सले ७६ करोड ५६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
    समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्कसँगै खुद नाफा पनि २०.४७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा कम्पनीले १० करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आवको सोही अवधिमा १२ करोड ७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोषको रकम ३१ प्रतिशतले बढेर १२ अर्ब ३७ लाख रुपैयाँ पुगेको छ । ११ अर्ब ३५ करोड रुपैयाँ रहेको कम्पनीको कुल लगानी बढेर १४ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । जुन २४.४१ प्रतिशतले बढी हो । त्यसैगरी प्राइम लाईफ इन्स्योरेन्सको खुद सम्पत्ती ३ अर्ब १७ करोड रुपैयाँबाट बढेर ३ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । जुन ४.२१ प्रतिशतले बढी हो । समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी बढेर २१.३९ रुपैयाँ पुगेको छ । जुन गत आवको असोज मसान्तमा प्रतिकित्ता १९.९७ रुपैयाँ रहेको थियो । त्यस्तै, प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ र मूल्य आम्दानी अनुपात २९.९७ गुणा छ ।
    इन्स्योरेन्सले हालसम्म १७ लाख १७ हजार ४२८ वटा बीमालेख जारी गरी कुल १९ अर्ब ५२ करोड कूल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, ६७९ वटा दाबी बापत कूल २९ करोड २८ लाख रुपैयाँको भुक्तानी गरेको छ भने ४४ वटा दाबी बापत एक करोड १ लाख ७४ हजार रुपैयाँ भुक्तानी हुन बाँकी छ ।
    आफ्नो कारोबारको पुनर्बीमा विश्व प्रसिद्ध रि–इन्स्योरेन्स कम्पनी हेनोभर रीसँग गरेको कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा ९० करोड ६० लाख रुपैयाँ सञ्चित छ ।

    प्रतिकृया दिनुहोस्