आर्थीकसंसार संवाददाता८ मंसिर, २०७७
![](https://aarthiksansar.com/wp-content/themes/aarthiksansar/images/1px.gif)
काठमाडौं । गरिमा विकास बैंक स्थापनाकालको १३औं वर्ष पूरा गरी १४औं वर्षमा प्रवेश गरेको छ । गरिमा बैंकले सुरुमा स्याङ्जाको वालिङमा प्रधान कार्यालय स्थापना गरी वित्तीय कारोबार सुरु गरेको थियो ।
चौधौं वार्षिकोत्सवका अवसरमा बैंकले आफ्ना ग्राहक, नियमनकारी निकाय तथा शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझै उत्कृष्ट वित्तीय सेवा प्रदान गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।
हालसम्म बैंकले १०५ वटा शाखाबाट सेवा दिँदै आइरहेको छ । बैंकले देशका सबै प्रदेशसहित बजारदेखि गाउँसम्म आधुनिक वित्तीय सेवा प्रदान गरिरहेको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।