News Portal

  • सगरमाथा इन्स्योरेन्सको ३५ करोड ८१ लाख खुद बीमाशुल्क आर्जन

    आर्थीकसंसार संवाददाता७ मंसिर, २०७७
    १३७२ पटक
    ७ मंसिर, २०७७

    काठमाडौ । सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउनदेखि असोज मसान्तसम्म) मा ३५ करोड ८१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।
    कम्पनीले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद बीमाशुल्क ३२ करोड ४९ लाख रुपैयाँ थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्स कम्पनीको आय १ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । गत वर्ष सोही अवधिमा कम्पनीको आय १ अर्ब २९ करोड रुपैयाँ थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ९३ लाख रुपैयाँ नाफा प्राप्त गरेको इन्स्योरेन्सले गत आर्थिक वर्षको सोही अवधिमा ५ करोड ११ लाख रुपैयाँ नाफा गरेको थियो ।
    हाल सगरमाथा इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १२ लाख रुपैयाँ रहेको छ । अहिले जगेडा कोषमा कम्पनीको ५५ करोड २० लाख रुपैयाँ रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा जम्मा ३९ करोड ३३ लाख रुपैयाँ रहेको थियो । यस्तै, बीमा कोषमा चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ६५ करोड ९२ लाख रुपैयाँ रहेको कम्पनीको अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४८ करोड ८७ लाख रुपैयाँ थियो ।
    कम्पनीको प्रतिसेयर आम्दानी २२ रुपैयाँ २३ पैसा छ । यस्तै, मूल्य आम्दानी अनुपात (पिई रेसियो) ४० रुपैयाँ ३५ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ २ सय ३४ रुपैयाँ ४४ पैसा रहेको छ ।
    स्तरीय सेवाका कारण बिमितहरुको विश्वास हासिल गर्न कम्पनी सफल भएको छ । सोही कारण कम्पनीको बीमा व्यवसाय पनि सन्तोषजनक नै रहेको छ । समीक्षा अवधिसम्मको बीमा व्यवसाय अपेक्षित नाफामा नै रहेको र आगामी दिनहरुमा सबै कार्यक्षेत्रहरुमा अझ बढी सेवा विस्तार गर्दै जाने रणनीति लिएको सगरमाथा इन्स्योरेन्स कम्पनीले जनाएको छ । कम्पनीको व्यवस्थापनको जिम्मेवारी चंकी क्षेत्रीले प्रमुख कार्यकारी अधिकृतको रुपमा संहालिरहेका छन् ।

    प्रतिकृया दिनुहोस्