News Portal

  • ग्लोबल आइएमई बैंकको नयाँ शाखा मुस्ताङको घरपझोङमा सञ्चालन

    आर्थीकसंसार संवाददाता७ मंसिर, २०७७
    ११६८ पटक
    ७ मंसिर, २०७७

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । मुस्ताङ जिल्लाको घरपझोङमा नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २ सय ६४ पुगेको छ ।
    ग्लोबल बैंकले ७३ वटा जिल्लामा फैलिएको २ सय ६४ शाखा सञ्जालसहित २ सय ३८ एटिएम, ४५ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २ सय ३१ शाखारहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधिरसम्पर्क कार्यालयमार्फत आफ्ना २१ लाखभन्दा बढी ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्