काठमाडौं । कुमारी बैंकको साधारणसभा मंसिर २९ गते हुने भएको छ । बैंकले २०औं वार्षिक साधारणसभा मंसिर २९ गतेका लागि आह्वान गरेको हो । बैंकको गत शुक्रबार बसेको सञ्चालक समितिले बैंकको आर्थिक वर्ष २०७६÷०७७ को साधारणसभा बैंककै केन्द्रीय टंगाल, काठमाडौंमा बिहान ११ः३० बजेका लागि आह्वान गरेको हो । साधारणसभामा १४ प्रतिशत लाभांश पारित गर्ने एजेण्डा पेश गरिने बैंकले जनाएको छ ।
बैंक सञ्चालक समितिले यस वर्षको साधारणसभा डिजिटल माध्यमबाट बोलाइएको जनाएको छ । उक्त साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजीको १०.८५ प्रतिशत बोनस शेयर र ३.१५ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने बैंकले जनाएको छ । बैंकले एक सार्वजनिक सूचना प्रकाशित गर्दै साधारणसभाको मिति तय गर्दै उक्त साधारणसभामा आयव्यय विवरण तथा १४ प्रतिशत बोनस दिनेसम्बन्धी प्रस्ताव पेश गरी पास गरिने जनाएको छ ।
बैंकले साधारणसभामा पेश गर्ने बोनससम्बन्धी प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत गरिसकेको छ । साधारणसभामा बैंक र अन्य उपयुक्त संस्थासँग मर्जर तथा एक्विजिशन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सोसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारणसभामा पेश गरिने बैंकले जनाएको छ ।
लाभांश लिन चाहने लगानीकर्ताहरुका लागि मंसिर १५ गते बुक क्लोज मिति तय गरेको छ । उक्त लाभांश लिन चाहने सदस्यहरुले मंसिर १४ गते आइतबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीले मात्र बैंकले वितरण गर्न १४ प्रतिशत लाभांश लिन पाउनेछन् भन्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ
कुमारी बैंकको साधारणसभा मंसिर २९ गते हुने
आर्थीकसंसार संवाददाता७ मंसिर, २०७७
७ मंसिर, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने