News Portal

  • लक्ष्मी बैंकद्वारा तीन नयाँ शाखा सञ्चालन

    आर्थीकसंसार संवाददाता४ मंसिर, २०७७
    १३४५ पटक
    ४ मंसिर, २०७७

    काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा तीन नयाँ शाखा स्थापना गरेको छ ।
    बैंकको सो शाखाहरु ललितपुर जिल्लाको ललितपुर–८ पाटन र सुन्धारा तथा काठमाडौं जिल्लाको गोकर्णेश्वर–७, मूलपानी, र सोही जिल्लाको टोखा–३, टोखामा सञ्चालनमा ल्याएको जनाएको छ ।
    यी तीनै नयाँ शाखाहरुको स्थापनाको साथै लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा १ सय २४ शाखा, ७ एक्स्टेन्सन काउण्टर, ५ हस्पिटल सेवा काउन्टर, १ सय ५५ एटिएम, २ हजार ५ सयभन्दा बढी रेमिटेन्स एजेन्ट तथा ६१ शाखारहित बैंकिङ्ग एजेन्टहरुमार्फत सेवा दिँदै आएको कुरा बैंकले उल्लेख गरेको छ ।

    आइपीओ निष्काशनका लागि चन्द्रागिरी हिल्सले बोर्डबाट पायो अनुमति
    ४ मंसिर, २०७७
    काठमाडौं । चन्द्रागिरी हिल्स प्रालिले धितोपत्र बोर्डबाट आईपीओ निष्काशनको लागि अनुमति पाएको छ । कम्पनीले साढे १८ करोड रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) जारी गर्न बोर्डबाट अनुमति पाएको हो ।
    कम्पनीलाई १८ करोड ४० लाख ९१ हजार बराबरको १८ लाख ४० हजार ९१० कित्ता शेयर निष्काशन गर्न बोर्डले कार्तिक २८ गते अनुमति दिएको हो । कम्पनीले स्थानीय र सर्वसाधारणको लागि प्रतिशेयर १ सय रुपैयाँ अंकित दरमा जारी पुँजीको १२ प्रतिशत बराबरको शेयर सर्वसाधारणमा जारी गर्न लागेको जनाएको छ ।
    कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । कम्पनीले आइपीओे निष्काशनका लागि जेठ २५ गते बोर्डमा आवेदन दिएको थियो ।

    प्रतिकृया दिनुहोस्