News Portal

  • एनआईसी बैंकको आकर्षक ‘डबल डिपोजिट’ मुद्धती निक्षेप योजना सार्वजनिक

    आर्थीकसंसार संवाददाता४ मंसिर, २०७७
    १२८२ पटक
    ४ मंसिर, २०७७

    काठमाडौं । एनआईसी एशिया बैंकले अत्यन्त आकर्षक ‘डबल डिपोजिट’ योजना ल्याएको छ । विभिन्न चमत्कारीक फाइदायुक्त निक्षेप योजनाहरु सञ्चालन गर्दै आइरहेको बैंकले चमत्कारिक फाइदा भएको ‘डबल डिपोजिट’ मुद्धति निक्षेप योजना सार्वजनिक गरेकोे हो ।
    एनआईसी बैंकले समयको मागलाई उचित पहिचान गर्दै दीर्घकालीन रुपमा लगानी गरी उच्च र आकर्षक प्रतिफल चाहने व्यक्तिगत र संस्थागत दुबै निक्षेपकर्ता ग्राहकहरुको लागि यो योजना ल्याएको जनाएको छ । यस योजनाअन्तर्गत व्यक्तिगत निक्षेपकर्ताको हकमा सुरुमा ‘डबल डिपोजिट’ मुद्धति निक्षेप योजनामा जम्मा गरेको रकम ७ वर्ष ७ महिनाको अवधिमा डबल हुनेछ भने संस्थागत निक्षेपकर्ताको हकमा जम्मा गरेको ८ वर्ष ८ महिनाको अवधिमा रकम डबल हुनेछ । यो योजनामा सहभागी हुनको लागि न्यूनतम रकम १० हजार रहेको छ ।
    ‘डबल डिपोजिट’ मुद्धति निक्षेप योजनाको समयअवधि सकिएपछि प्राप्त हुने दोब्बर रकममा नियमअनुसार सम्पूर्ण आयकर कट्टा भइसकेको हुनाले ग्राहकहरुले दोब्बर रकम नै प्राप्त गर्नेछन् । उक्त निक्षेप अवधिको अन्त्यमा प्राप्त हुने दोब्बर रकम कर कट्टा भएपश्चात रहेकाले ग्राहक महानुभावहरुले थप फाइदा पुग्ने बैंकले विश्वास लिएको छ । ‘डबल डिपोजिट’ योजनाअन्तर्गत ग्राहकहरुले उक्त मुद्दती निक्षेप खातामा रहेको रकमको ९० प्रतिशतसम्म कर्जा सुविधासमेत लिन सकिने व्यवस्था रहेको छ । ‘डबल डिपोजिट’ योजनाअन्तगर्तत दीर्घकालीन लगानी गर्न इच्छुक ग्राहक महानुभावहरूले आपूmलाई सहज हुने एनआईसी बैंकको कुनै पनि शाखा कार्यालयमा गई उक्त मुद्धति निक्षेप खाता खोलि ‘डबल डिपोजिट’ को फाइदा लिन सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्