News Portal

  • ग्लोबल बैंकको नयाँ एक्सटेन्सन काउण्टर दाङको घोराहीमा

    आर्थीकसंसार संवाददाता२५ साउन, २०७७
    ८३९ पटक
    २५ साउन, २०७७

    दाङ । ग्लोबल आइएमई बैंक लिमिटेडले दाङको घोराहीमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउण्टरको उद्घाटन मालपोत कार्यालय, घोराहीका प्रमुख विनोदकुमार पौडेलले बैंकको ४०औं एक्सटेन्सन काउण्टरको उद्घाटन गरेका हुन् ।
    बैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै दाङ जिल्लाको घोराही उप–महानगरपालिका–१५ स्थित भूमिसुधार तथा मालपोत कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । बैंकले मालपोत कार्यालय अन्तर्गतका सेवाग्राहीलगायत अन्य ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्ने प्रयोजनार्थ यस एक्सटेन्सन काउण्टर सुरु गरेको हो ।
    हालसम्म बैंकले ७१ वटा जिल्लामा फैलिएको शाखा सञ्जालसहित २३४ एटिएम, ४० एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २०३ शाखा रहित बैंकिङ्ग सेवा दिँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्