News Portal

  • मुक्तिनाथ बैंकका कर्मचारी तथा ग्राहकहरुले संगम स्वीट्समा छुट पाउने

    आर्थीकसंसार संवाददाता२८ कार्तिक, २०७७
    १९०५ पटक
    २८ कार्तिक, २०७७

    काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले संगम स्वीट्सबाट सेवा लिँदा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकले आफ्ना भिषा डेविट कार्डबाहक ग्राहकहरुलाई संगम स्वीट्सको काठमाडौंस्थित आउटलेटहरुबाट सेवा लिँदा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो । उक्त सम्झौतापश्चात बैंकका भिषा डेविट कार्डबाहक ग्राहकहरुले संगम स्वीट्सको काठमाडौंस्थित आउटलेटहरुबाट १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
    यसरी विभिन्न संस्थासँग हातेमालो गर्दै कोभिड–१९ को संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग र क्यासलेस कारोबार बढाउने कार्यमा उल्लेखित सम्झौताहरुले थप प्रोत्साहान गर्ने अपेक्षा बैंकले लिएको छ ।
    साथै, बैंकको ग्राहकले भिसा नेटवर्कअन्तर्गत जुनसुकै बैंकको एटीएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्